काठमाण्डु – चिनियां राजदूत होउ यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी छन् । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलींसंग यान्छीले सोमबार सांझ बालकोट पुगेर भेटवार्ता गरेकी हुन् ।
राजदुत यान्छीले एमाले अध्यक्ष ओलीसंग दुई घण्टा लामो भेटवार्ता गरेको स्रोतको दावी छ । चिनियां विदेशमन्त्री एवंम् स्टेट काउन्सिलर वाङ्ग यीको नेपाल भ्रमणको मिति तय भएसंगै चिनियां राजदूतको सक्रियता बढेको हो ।
भेटको क्रममा उनले चिनियां विदेशमन्त्रीको भ्रमणबारे ओलीलाई जानकारी दिएकी थिईन । चिनियां विदेशमन्त्री चैत्र १२ गते दुई दिने भ्रमणको क्रममा काठमाण्डौं आउंदैछन् ।
चिनियां राजदूतले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र सभामुख अग्नी सापकोटासंग भेटवार्ता गरेकी थिईन ।




प्रतिक्रिया