काठमाडौं – नेपालका लागि नयां चिनियां राजदूत होउ यान्छीले आइतबार ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्। उनि शनिवार मात्र काठमाडौं अवतरण गरेकी थिईन् । राजदूत यान्छीले आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष पेश गरेको काठमाडौं स्थित चिनियां दूतावासले जनाएको छ।
चीनले नयां राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने डेपुटी डाइरेक्टर जनरल यान्छीलाई नेपालको पठाएको हो ।
काठमाडौं आइपुगेकी राजदूत यान्छीले दुई देशबीच हिमपानीसहिनत छोमोलुङ्मा हिमाल जस्तै ऐतिहासिक तथा पुरानो सम्बन्ध रहंदै आएको भन्दै बुद्धको जन्मभूभी नेपाल र नेपाली सांस्कृतिक सम्पदा तथा नेपाली सहहृदयी मानिसहरु रहेको भन्दै प्रसंसा गरेकी छन्।
राजदूत यान्छीले आपसी हित, शान्तिपूर्ण सहअस्तित्वको क्षेत्रमा दुई देशबीच साझेदारी अगाडी बढ्ने बताएकी छन्। काठमाडौं आएलगत्तै उनले जारी गरेको सन्देशमा दुई देशबीचको सम्बन्ध पछिल्लो समयमा थप उचाइमा पुगेको बताएकी छन् । त्यसका साथै दुबै देशले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत कनेक्टिभिटी, व्यापार, लगानी, उर्जा, कृषि, सांस्कृति तथा पर्यटनको क्षेत्रमा साझेदारी बढाउंदै लगेको उनले जारी गरेको सन्देशमा उल्लेख छ ।
राजदूत यान्छीले आफ्नो कार्यकालमा दुईपक्षीय सम्बन्धमा नयां अध्यायको थालनी हुने दावी गरेकी छन् । उनले जनसम्बन्धको विस्तारमा जोड समेत दिएकी छन् ।
चिनियां राष्ट्रपति सि जिङपिङको कुटनीति सम्बन्धि विचारधार अनुरुप काठमाडौं स्थित चिनियां राजदूतावास दुई देश र दुई देशका जनताबीच, बिकास अनुभबको आदानप्रदान, जनचाहनाको प्रवर्द्धन, विन विन साझेदारीको क्षेत्रमा काम गर्ने राजदूत यान्छीको भनाई छ ।




प्रतिक्रिया