सिक्कममा चिनियाँ र भारतीय सेनाबीच झडप


एजेन्सी – उत्तरी सिक्कममा चिनियाँ र भारतीय सेनाबीच झडप भएको छ । उत्तरी सिक्किमको नाकु ल सेक्टरमा भएको झडपमा भारतीय र चिनियाँ गरि सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामान्य विवादमा दुवै पक्ष आक्रामक भएपछि झडप भएको बताइएको छ । यद्यपि स्थानीय स्तरमा छलफल गरेर अवस्था सामान्य भएको बताइएको छ । झडपका क्रममा चार जना भारतीय र सात जना चिनियाँ घाइते भएका छन् । दुवैतर्फका १५० जना सैनिक झडपमा उत्रिएका थिए ।

भारत र चिनियाँ सेनाबीच सीमामा समयसमयमा यस्ता झडप हुने गरेका छन्। र यस्ता विवादमा स्थापित प्रोटोकलअनुसार आन्तरिक रुपमा समस्या समाधान गर्ने गर्ने गरेका छन्।

’सीमा विवादलाई लिएर भारतीय र चिनियाँ सैनिकबीच अस्थायी र छिटपुट झडपहरु हुने गरेका छन् । यसपटक धेरै लामो समय पछि भएको हो । दुवै तर्फका सेनाहरुले प्रोटोकल अनुसार समाधान निकाल्ने गरेका छन्,’ सैन्य श्रोतलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement