चिनियाँ नेता ली काठमाण्डुमा, यस्तो छ भ्रमण कार्यसूची

चिनियाँ नेता ली काठमाण्डुमा, यस्तो छ भ्रमण कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनका वरिष्ठ नेता ली चाङ्सु काठमाण्डु आईपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि उनी सोमबार दिउँसो ३ बजे काठमाण्डु त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाण्डु उत्रेका हुन् । लीलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । आज नै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ २८ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

भदौ २८ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।