काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । वाङले दुवै पुर्व प्रधानमन्त्रीलाई मंगलवार दिउंसो काठमाडौंको होटल मेरियटमा भेट्ने कार्यक्रम रहेको छ ।
चिनियां विदेशमन्त्री वाङले आजै भक्तपुर भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि नारायणहिटी संग्राहलय अवलोकन गर्ने वाङको कार्यसूची छ । उनि आजै आफ्नो विशेष विमानबाट १२ः४० मा चीन फर्किने छन्।




प्रतिक्रिया