जिम्बाबेका स्वास्थ्यमन्त्रीको गुनासोः चिनियाँ कण्डम सानो भयो


काठमाडौं, (एजेन्सी)– जिम्बाबेका स्वास्थमन्त्री डेभिड परिनेतावाले चिनियाँ कण्डम सानो भएको गुनासो गरेका छन्।

एचआइभी÷एड्स रोकथामसम्बन्धी एक सम्मेलनमा स्थानीय समाचारहरुको हवाला दिँदै स्वास्थ्यमनत्रीले भने, ‘हामी आफै कण्डम बनाउँदैनौँ र चीनबाट आयात गर्छौँ, तर चीनबाट ल्याइएका कण्डमहरु सानो भएको गुनासो आएको छ।’

युवाहरुबीच कण्डम प्रयोग बढाउने अभियान चलाएको उल्लेख गर्दै परिनेतावाले स्वदेशी कम्पनीहरुलाई कण्डम उत्पादन गर्न आग्रह गरे।

कण्डम परिवार नियोजनको अस्थायी साधन हो। यौनसम्पर्कको बेला यो ८२ प्रतिशत सुरक्षित अस्थायी साधन मानिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement