डीएसपीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेको चिनियाँ नागरिकलार्य १० दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रवार सिंहदरवार अगाडि प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो । केही चिनियाँ नागरिकले प्रहरीमाथि आक्रमण गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा कारबाही अगाडि बढाइएको जानकारी दिए ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरि बस्नेतसहित केही चिनियाँ नागरिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement