चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआन पक्राउ

चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजे्नसी – चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआन पक्राउ परेकी छन् । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी जुआनलाई अमेरिकी प्रहरीले शुक्रबार पक्राउ गरेको अधिकारीहरुले बताएका छन् ।

ताङ गिरफ्तार भएको जानकारी दिइएपनि अमेरिकाले उनलाई कहाँबाट र कसरी पक्राउ गरेको भन्ने विषयमा केही खुलाएको छैन । ताङलाई अदालतमा लाने तयारी थालिएको बताइएको छ । अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी ताङको अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको थियो ।

एफबीआइका अनुसार ताङ चिनियाँ हवाई सेनासँग सम्बन्धित छिन् र उनी त्यहाँकी अनुसन्धाकर्ता हुन् । चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकाको आशंका छ । यस विषयमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन् । पछिल्लो समय अमेरिका र चीनबीच राष्ट्रिय सुरक्षा, प्रविधि, व्यापार लगायतका विषयमा विवाद जारी छ ।