फेसबुकले चिनियाँ राष्ट्रपति सीसँग माग्यो माफी ! के गर्‍यो गल्ती ?


काठमाडौं – फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङको नाम बर्मिज भाषाबाट अंग्रेजीमा गलत अनुवाद गरेपछि माफी मागेको छ ।

राष्ट्रपति सी म्यान्मारको २ दिने भ्रमणमा रहेका बेला फेसबुकमा अनुवादको गल्ती भएको हो । शनिबार राष्ट्रपति शी र म्यान्मारकी नेता आङसाङ सुकीसँग भएको थियो । दुवै नेताले द्विपक्षीय सम्बन्ध बलियो बनाउने सम्झौता समेत गरेका छन् ।

दुवैबीच भएको भेटवार्ता सम्बन्धी बर्मिज भाषाको फेसबुक पोस्टमा राष्ट्रपति सीको नाम अंग्रेजी अनुवादमा ‘शिथोले’ भएको थियो । सुकीको आधिकारिक फेसबुकबाट शेयर गरिएको पोस्टमा अंग्रेजी अनुवाद गलत भएको हो ।

फेसबुकले धारणा सार्वजनिक गर्दै यसलाई प्राविधिक गल्ती भनेको छ । फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, ‘बर्मिजबाट अंग्रेजीमा गलत अनुवाद जुन प्राविधिक समस्याका कारण भएको थियो, त्यसलाई ठीक गरिएको छ । यस्तो नहुनुपर्ने थियो । फेरि यस्तो गल्ती नहोस् भनेर हामीले कदम उठाएका छौं । म्यान्मारमा बर्मिज अधिकारिक भाषा हो, यहाँ दुईतिहाइ देशवासी बर्मिज भाषा बोल्छन् ।’

फेसबुकले ‘सी’ नाम डाटाबेसमा नराखिएको स्वीकारेको छ, जसका कारण गल्ती भयो । फेसबुकको डाटाबेसमा समावेश नभएको शब्द अनुवाद गर्दा अलि मिल्दोजुल्दो शब्द चयन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement