चिनियां राजदूत होउले प्रचण्डसंग भेटिन्, प्रधानमन्त्री ओली र नेपाललाई पनि भेट्ने तयारी

चिनियां राजदूत होउले प्रचण्डसंग भेटिन्, प्रधानमन्त्री ओली र नेपाललाई पनि भेट्ने तयारी


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियां राजदूतले यान्छीले विहिवार प्रचण्डसंग उनकै निवास खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेकी हुन् । नेकपा दुई भागमा विभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्ता गरेकी थिईन ।

चिनियां राजदूतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने तयारी गरेकी छन् । त्यसैगरी पुर्व उर्जामन्त्री वर्षमान पुनलाई समेत उनले भेट्ने कार्यक्रम छ ।

यसअघि नेकपामा विवाद चुलिंदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो । चिनियां राजदूतले पछिल्लो समय नेताहरुसंगको भेटमा चीन नेपालमा स्थिरता कायम रहोस भन्ने पक्षमा रहेको बताउने गरेकी छन् । नेपालमा राजनीतिक अस्थिरता भए त्यसले आर्थिक विकासमा असर पर्ने भन्दै स्थिरता कायम गर्नुपर्नेमा चिनियां राजदूतकोे जोड छ ।