राष्ट्रपतिसंग एक घण्टा भेटेर फर्किन चिनियां राजदूत यान्छी

राष्ट्रपतिसंग एक घण्टा भेटेर फर्किन चिनियां राजदूत यान्छी


काठमाण्डु – चिनियां राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकी छन् । शितल निवास स्रोतले दिएको जानकारीअनुसार चिनियां राजदूत सांझ करिब ६ बजे राष्ट्रपति निवास पुगेकी हुन् । उनले राष्ट्रपति भण्डारीसंग करिव एक घण्टा छलफल गरेर फर्किसकेकी छन् ।

सत्तारुढ दल नेकपा विभाजन भएको बेला उनले राष्ट्रपति भण्डारीलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां दूतावास स्रोतले भने यो एक साताअघि नै तय भएको भेटघाट भएको जानकारी दिएको छ ।

भेटमा कोभिड-१९ विरुद्ध चिनियां भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ । चिनियां राजदूतले नेकपाका अध्यक्ष प्रचण्डसंग समेत भेटघाटको लागी समय मागेको बताइएको छ ।