खोप दिएपछि राजदूत यान्छीले भनिन्ः यो दुई देशको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हाे

खोप दिएपछि राजदूत यान्छीले भनिन्ः यो दुई देशको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएको कोरोना खोपले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण रोक्न सहयोग पुग्ने बताएकी छन् ।

सोमबार चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेपछि आयोजित कार्यकममा बोल्दै राजदूत यान्छीले चीनले गरेको सहयोगले नेपाल सरकारको खोप अभियानमार्फत महामारी नियन्त्रण गर्न र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा चीन विश्वस्त रहेको बताएकी हुन् ।

साथै उनले नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको बताइन् । त्यस्तै राजदूत यान्छीले आफुहरु राष्ट्रपति सी जिनपिङको बचन पूरा गर्न प्रतिबद्ध रहेको बताइन् । ‘हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । यो दुई देशको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो, जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन्,’ उनले भनिन् ।

राष्ट्रपति सीले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई दिने बाचा गरेका थिए ।चीनले नेपाललाई उपलब्ध गराएको खोप सिनोफार्मले उत्पादन गरेको हो । यो खोप ८० प्रतिशत बढी प्रभावशाली रहेको चीनको दाबी छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९.५२ प्रतिशत रहेको छ ।

चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड–१९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । चीनले कोभ्याक्स सुविधामार्फत् सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्ने तयारी गरेको छ ।