चिनियां राष्ट्रपतिको स्वागतको लागी आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

चिनियां राष्ट्रपतिको स्वागतको लागी आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको राजकिय भ्रमणमा शनिवार काठमाडौं आउन लागेका चिनियां राष्ट्रपति सी जिनपिङको स्वागतका लागी सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतको दाबी छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । सरकारले यसअघि पनि विभिन्न देशका राष्ट्रप्रमुख आउंदा सम्मानस्वरूप सार्वजनिक बिदा दिंदै आएको थियो ।

दुई दिने भ्रमणको क्रममा काठमाडौं आउन लागेका सी लाई उच्चस्तरिय सम्मान र सुरक्षा दिने सरकारको तयारी छ । साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम समेत छ ।