काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका नवनियुक्त राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चिन सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्तगर्नुभयो ।उहाँले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गर्नुभएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले राजदुत यान्छी मार्फत चिनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो ।
भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चिन सम्बन्ध थप उचाईमा पु¥याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वाँस व्यक्तगर्नुभयो ।
उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भेटमा राजदुत यान्छीले गृहमन्त्री थापालाई चिन भ्रमणको समेत निमन्त्रणा दिनुभयो ।




प्रतिक्रिया