काठमाण्डु – भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि भारतले आफ्नो मुलुकबाट हुने चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्ने वाणिज्य विज्ञ रविशंकर सैजुले बताएका छन् । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उनले दावी गरे । रुस–युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।




प्रतिक्रिया