एजेन्सी – चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएका मा हराएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
समाचारमा ज्याक मा धेरै हप्तासम्म सार्वजनिक रूपमा नदेखिएको उल्लेख गरिएको छ । यसले मा हराइरहेको हुन सक्ने अनुमान लगाइएको छ । ज्याक माले आफुले गरेका हरेक कार्यहरुको ट्वीटरमा अपडेट गर्ने गर्थे । तर उनले अक्टोबर १० पछि कुनै ट्वीट गरेका छैनन् ।
उनी पछिल्लो समय नोभेम्बरमा भएको ‘अफ्रिका बिजनेस हिरोज’ मा निर्णायक बस्ने भनिएको थियो । तर उक्त ट्यालेन्ट सोको फाइनलमा ज्याक मा उपस्थित भएनन् ।
माले पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए । माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो ।
केहि महिना अघि सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई चिनियाँ सरकारले आइपिओ जारी गर्नबाट रोकेको थियो । उनले ग्लोबल बैंकिंग नियमहरुलाई ‘बुढो मानिसहरुको क्लब’ सँग तुलना गरेका थिए । अलीबाबाका संस्थापक समेत रहेका ज्याक मा त्यसपछि सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को निगरानीमा रहेका थिए ।




प्रतिक्रिया