चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी

चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन १२९ जना चिनिया खेलाडी पोखरा आइपुगेका छन् ।

चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरु पोखरा आएका हुन्।

खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।