ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा समय फल्चा पाटी निर्माण गर्ने भन्दै पुल्चोकको सडकपेटी भत्काइएको छ । सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्दा बिचाराधिन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको हो ।
स्थानीय टोल सुधार समितिको नाममा आज बिहान सरकारी मापदण्ड भित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै भवनमा असर पर्नेगरी भत्काइएको जनाइएको छ । सहकारीको मुख्य कार्यालय प्रवेशद्धारमै डाेजर चलाएपछि कर्मचारीले विरोध गर्दा कर्मचारी माथिनै हातपात गरेका थिए । मेयर महर्जनको निर्देशनमा नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भवन भत्काउन लगाएका थिए ।
जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाएपछि केहीबेर विरोध भएको थियो । जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको थियो । तर मेयर महर्जनले अदालतको आदेशको अपहेलना गर्दै छापामार शैलीमा सयम फल्चा पाटीको शिलान्यास गरेका थिए ।
अदालतको आदेश विपरित सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयर विरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ती जनाएका छन् । महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा सडक भत्काउने काम भएका कर्मचारीको आरोप छ ।
मेयर महर्जनले जबरजस्ती पाटी निर्माण गर्न भन्दै शिलान्यास गरेपछि विरोध शुरु भएको छ । २ सय वर्ष पुरानो पाटी शिलान्यास गर्दा खुसी साटासाट गरेका मेयर महर्जनले २०३८ सालमा आफू वडा अध्यक्ष हुँदा पाटी थियो कि थिएन भन्ने विषयमा हेक्का राखेका थिएनन् । उल्टै कानुनको धज्जी उडाएर पाटी शिलान्यास गरेका छन् ।




प्रतिक्रिया