चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला

चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो ।

हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको छ ।

मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणवाट उनको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।