चितवनमा रास्वपा र गठबन्धनका कार्यकर्ताबीच विवाद बढेपछि तनावः दुई केन्द्रमा रोकियो मतदान

चितवनमा रास्वपा र गठबन्धनका कार्यकर्ताबीच विवाद बढेपछि तनावः दुई केन्द्रमा रोकियो मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा दुई मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र  भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने नयाँकिरण मावि स्थित मतदान स्थलमा पुग्ने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको छ ।

सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । यता कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा पुगको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो । यी दुइ मतदान केन्द्रमा रास्वपा र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद बढेपछि अहिले त्यहाँ नेपाली सेनाको टोलीले कडा सुरक्षा दिइरहेको छ।