चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियाे १७७ रनको लक्ष्य

चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियाे १७७ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

ओपनर डविड मलानले सर्वाधिक ८० रनको योगदान दिए, अर्जुन साउदले ५२, कप्तान कुशल मल्ल ३० रन जोडे ।

जनकपुरका लागि अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान एक विकेट झारे।

साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।