काठमाण्डु – राष्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र कारवाहीलाई जनयुद्ध मान्न नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले भने, ‘माओवादीको नेतृत्वमा भएको सशस्त्र कारवाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका छैनौं । त्यो उग्र वामपन्थी फड्कार हो । २० महिनामा पदका लागि २ चोटी बालकोट, २ चोटी बूढानिलकण्ठ ! यो जनयुद्ध थियो ?’
सशस्त्र द्वन्द्वमा माओवादी र सत्तापक्षबाट निर्दाेष जनतामाथि भएका दमन र अपराध जस्ता कारवाहीको राजमोले सुरुदेखि नै विरोध गर्दै आएको उनले बताए ।




प्रतिक्रिया