नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् : चित्रबहादुर केसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् : चित्रबहादुर केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड भएकाले यसको जतिसक्दो चाँडो छानविन हुनुपर्ने माग गरेका हुन्।

उनले पहिला पनि यस्तै काण्डहरू आउने र विस्तारै सेलाउँदै जाने गरेको बताए। उनले भने,’नक्कली भुटानी शरणार्थीको विषयलाई लिएर सदन तातेको छ। पहिला पनि नेपालका शासकहरूले राज्य सत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने। त्यसपछि सदन तातिन्थ्यो। त्यसपछि फेरि नयाँ काण्डहरू आउँछन्। त्यसपछि सदन त्यतातिर जान्थ्यो। सदनको ध्यान त्यतै जान्थ्यो।’

सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूघको दूध र पानीको पानी छुट्याउनुपर्ने बताए।