काठमाण्डु – पूर्व उपसभामुख एवं नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
अरु राजदूतसँगै अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेत्री कान्ता रिजाल विवादमा परेपछि सरकारले यादललाई नयाँ सिफारिस गरेको छ ।
राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला कांग्रेसले मधेशी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको छ ।




प्रतिक्रिया