सहकारी महासंघका महाप्रबन्धक सुब्बालाई सहकारी अभियन्ता पुरस्कार

सहकारी महासंघका महाप्रबन्धक सुब्बालाई सहकारी अभियन्ता पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित भएकी छिन् ।

झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई नगद राशी सहित सम्मान गरेको हो । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले उक्त सम्मान सुब्बालाई प्रदान गरेका थिए ।

नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्र्नेे उद्देश्यले सहकारीमा २५ बर्ष भोगाई र अनुभुति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् ।

त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् । उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।