संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : अध्यक्ष केसी

संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : अध्यक्ष केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन्। उनले  व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति नसुध्रिएकाे भन्दै आपत्ति जनाएका हुन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।” दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उनले बताए ।

अध्यक्ष केसी भने, “संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।” अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् ।