नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेकाे छ: चित्रबहादुर केसी

नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेकाे छ: चित्रबहादुर केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।

सोमबार र मंगलबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण र नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको भइरहेका भेटघाटलाई लक्षित गर्दै उनले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन खेल भएको बताएका हुन् ।

पहिलो अप्रत्यक्ष रुपमा हुने शक्ति राष्ट्रहरुको हस्तक्षेप अहिले प्रत्यक्ष रुपमै भएको बताएका अध्यक्ष केसीले सत्ता र शक्तिको लुछाचुँडीले गणतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको बताए ।