एमसीसी पास गरे गठबन्धनबाट बाहिरिने चित्रबहादुर केसीको चेतावनी

एमसीसी पास गरे गठबन्धनबाट बाहिरिने चित्रबहादुर केसीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा नबस्ने चेतावनी दिएका छन् ।

आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेता केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पारित गराउने विषयमा अग्रसर भए गठबन्धनमा नबस्ने चेतावनी दिएका हुन् । नेता केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको ध्यान अन्यत्र गएको देखिएको बताए ।

उनले एमसीसीको विरोध गर्दै भने, ‘अहिलेको प्राथमिकताको विषय भनेको कोभिड हो, जनता अकालमै मरिरहेका छन् । तर, साथीहरुको ध्यान त एमसीसी कसरी पारित गराउने भन्ने विषयमा पो रहेछ । अहिलेको अवस्थामा सरकार गम्भीर बन्न नसके गठबन्धनमा बस्दैनौं ।’

मंगलवार साँझ प्रधानमन्त्री देउवाले अमेरीकी सहायक विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल गरेका थिए ।