कोरोना अस्पतालबाट चप्पल चोर्ने कर्मचारीमाथि छानबिन गर्न समिति गठन

कोरोना अस्पतालबाट चप्पल चोर्ने कर्मचारीमाथि छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालबाट सामान चोरी हुन थालेपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ । महानगरले स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि समिति बनाएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एकरएक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो ।

कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिएपछि छानबिन गर्न समिति गठन गरिएको हो ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ ।

उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के–के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन ।