चितवनमा पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु, २ जना घाइते

चितवनमा पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु, २ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चितवनमा पर्खाल भत्किँदा ३ जना मजदुरको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर ३ मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगरमा बसोबास गर्दै आएका ५४ वर्षीय रेशम दराई र रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ रहेका छन्।

घाइते अवस्थामै अस्पताल पुर्‍याइए पनि चितवन मेडिकल कलेजमा उपचारको क्रममा तीन जनाले ज्यान गुमाएका हुन्।

यस्तै ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार, उद्योगभित्र छुट्टै भाग छुट्याउन बनाइएको इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।