नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर र्गौतमले कोरोनाबाट विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाण्डुकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका दुई पुरुष र एक महिला गरी ६ जना छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।