चितवन – चितवनमा एक जना पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसियूमा उपचारत नवलपरासी रामग्राम–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
छाती दुख्ने र श्वाप्रश्वासको समस्याबाट ग्रसित भएका उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर रिफर गरेको थियो ।
कोरोना परीक्षणका लागि स्वाब लिइएको र रिपोर्ट आएपछि वास्तविकता पत्ता लाग्ने बताइएको छ । उनको शव अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया