विद्यार्थीद्धारा चितवन मेडिकल कलेजमा तालाबन्दी

विद्यार्थीद्धारा चितवन मेडिकल कलेजमा तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन : अवैध रुपमा विद्यार्थीसँग लिएको शुल्क फिर्ता नगरेको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो । छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो । तर मेडिकल कलेजले भने कुनै पनि शुल्क फिर्ता नगर्ने भन्दै शुल्क समायोजन मात्रै गर्न सकिने बताएको छ ।

समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म कलेजमा अनिश्चितकालीन ताला लगाइएको जनाइएको छ । तोकिएकोभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क अवैध रुपमा लिएको दाबीसहित फिर्ता गर्न माग गर्दै विद्यार्थीहरु तीन महिनादेखि आन्दोरनरत छन् ।