काठमाडौं – विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
उनीहरुले सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने जनाएका छन् ।
विद्यार्थीका तर्फबाट प्रकाश चन्द र अभिभावकका तर्फबाट निर्मला कँडेलले हस्ताक्षर गरेको सो विज्ञप्तिमा यही असोज १० गतेभित्र विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी सहमति भए पनि कलेजले आलटाल गरिरहेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।




प्रतिक्रिया