काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।
प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायतका षिषयमा जनताको अवस्था बुझ्न अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन् । उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका छन् ।
उनले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिएका छन् । अध्यक्ष प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बाढीपहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल गरेको समेत जानकारी दिए ।
पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वमा केन्द्रीत रहेका उनी स्थायी समिति बैठक एक साताका लागि स्थगित भएपछि शनिबार गृह जिल्ला पुगेका उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ । अविरल वर्षापछिको अवस्थालाई ध्यान दिँदै बैठक स्थगित गरिएको जनाइएको छ ।




प्रतिक्रिया