चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा मंगलबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।