काठमाण्डु – चितवनमा दुई जना नेताले माओवादी केन्द्र परित्याग गरेका छन् । नेताहरु कुल प्रसाद भुसाल र जगन्नाथ आचार्यले माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् । भुसाल जिल्ला सचिवालय सदस्य, चितवन क्षेत्र नम्बर १ (ख)का इन्जार्जसमेत हुन् ।
भुसालले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धी रक्षाका लागि एमाले प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । माओवादीले जनअपेक्षाअनुसार काम गर्न नसकेका कारण एमाले प्रवेश गरेको उनको भनाइ छ ।




प्रतिक्रिया