रवि लामिछाने निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

रवि लामिछाने निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।

चिनवन- २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए ।