एकाबिहानै महाधिवेशन प्रतिनिधिको नारावाजीः शेखर हाइहाई, देउवा बाइबाई

एकाबिहानै महाधिवेशन प्रतिनिधिको नारावाजीः शेखर हाइहाई, देउवा बाइबाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थकले प्रधानमन्त्री शेरबहादुर देउवाको विरोधमा नाराबाजी गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरुको सम्मानमा पौडेलले केही बेरअघि लैनचौरस्थित एउटा पार्टी प्यालेसमा आयोजना गरेको चियापान कार्यक्रममा पुग्दा देउवाको विरुद्धमा नाराबाजी गरिएको हो ।

कार्यक्रममा सभापतिको अर्का उम्मेदवार शेखर कोइराला, नेताहरु रामशरण महत, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत झण्डै तीन सय जना सहभागी थिए ।

देउवा चियापनस्थलमा प्रवेश गर्नेबित्तिकै नाराबाजी गरिएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याएका थिए । देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी थियो । तर, सभापतिका उम्मेदवार कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकिएको थियो ।

प्रधानमन्त्री कार्यक्रमस्थलमा छिर्ने बित्तिक्कै पौडेल समर्थकले शेखरलाई मतदान गरौं, रामचन्द्र पौडेल बोल्नैपर्छ, देउवा बाइबाई, शेखर हाइहाई भन्ने नारा लगाएका थिए ।

हुङिलाई लिएर सभापति पदका उमेदवार कोइरालाले केही महाधिवेशन प्रतिनिधिहरूले अशोभनीय व्यवहार देखाएको प्रतिक्रिया दिए । ‘हामी स्वस्थ प्रतिस्पर्धामा छौं । सुहाउँदो व्यवहार भएन । यस्ता व्यवहार शोभनीय हुँदैन,’ उनले भने ।