कमल थापा भन्छन्-बन्दुक बोक्नेहरु मरुभूमिमा पसिना बेच्छन्,बन्दुक बोकाउनेहरु अर्बपति भए

कमल थापा भन्छन्-बन्दुक बोक्नेहरु मरुभूमिमा पसिना बेच्छन्,बन्दुक बोकाउनेहरु अर्बपति भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लाद्ने र नेपालको एकीकरणदेखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेको बताएका छन् ।स्वाभिमान यात्राको क्रममा आइतबार म्याग्दीको सदरमुकाम वेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले भने, राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु, हिन्दु, बौद्ध र किरात धर्मप्रति लक्षित गरि सुनियोजित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन गराइनु, देश निर्माणमा लगाइनुपर्ने युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा जान वाध्य बनाइनु जस्ता कार्यले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताए ।

राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउनुपर्ने भन्दै अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएकोले गलत मार्गको प्रयोग गरि परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

परिवर्तनको नाममा बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्ने र बन्दुक बोकाउनेहरु अर्बपति भएको बाहेक मुलुकमा कुनै पविर्तन नभएको थापाले दावी गरे । उनले भने,गणतन्त्र आएको १३ वर्षे अवधिमा मुलुक झन् जर्जर र भयानक भएको दाबी समेत गरेका छन् ।