काठमाण्डु – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ सुरु भएको छ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । आगामी पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाण्डु जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबका १८५ खेलाडीको सहभागिता छ ।




प्रतिक्रिया