काठमाण्डु – संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग तेस्रो दिनको बयान लिन सुरु गरेको छ ।
गत बुधबार र बिहीबार बयान लिएको समितिले आज पनि सो क्रमलाई जारी राखेको हो । समितिले चालेन्द्रका लागि ४३ वटा प्रश्न तयार पारेको छ ।
जसमा उनले यसअघि नै ६ वटा प्रश्नको जवाफ दिइसकेका समितिको सभापति रामबहादुर विष्टले जानकारी दिए ।उनका अनुसार आइतवार सातौं प्रश्नबाट बयान शुरू भएको छ ।
पहिलो दिनको बयानमा चोलेन्द्रले अन्य न्यायाधीश, राजनीतिक दलका नेता र केही वरिष्ठ वकिलको पोल खोलेका थिए । यसअघि व्याख्यात्मक जवाफ दिएका थिए । तर समय लम्बिने भएपछि अब तथ्यगत जवाफ दिन आग्रह गरिने समितिका एक सदस्यले बताए ।
चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । ६ महिना देखि महाभियोग सामना गरिरहेका चोलेन्द्रले महाभियोग प्रस्ताव निष्कृय भइसकेको दावी गरेका छन् ।




प्रतिक्रिया