प्रधानन्यायाधीशको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

प्रधानन्यायाधीशको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी


काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्ति छानविन गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।

यसअघि प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु सार्वजनिक भएका थिए । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको छानविन समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

‘‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं,’ उजुरी पत्रमा लेखिएको छ ।

मन्त्रिपरिषदमा भाग खोजेको, न्यायालयलाई विचलित बनाउन खोजेको आरोप लागेपछि नेपाल बार एशोसियसनले लामो समयदेखि प्रधानन्यायाधीशको राजीनामा गर्दै आन्दोलन गर्दै आइरहेको छ ।