काठमाण्डु- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धन दलहरुले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।
महाअभियोग प्रस्तावमा जबराकोे कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ ।




प्रतिक्रिया