प्रधानन्यायाधीशले तोके आफुबाहेकका ६ इजलास

प्रधानन्यायाधीशले तोके आफुबाहेकका ६ इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले मंगलबारका लागि ६ वटा इजलास तोकेका छन् । चौतर्फी राजीनामा दिनुपर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकेका हुन् ।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् । आज बन्दी प्रत्यक्षीकरणका बाहेक अन्य मुद्दामा सुनुवाई हुनेछैन । प्रधानन्यायाधीश राणाले आफ्नो इजलासमा भने कुनै पनि मुद्दाको पेशी तोकेका छैनन् ।