प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिएको छ । आज बसेको बार कार्यसमितिको बैठकले जबरालाई अल्टिमेटम दिदै आन्दोलनका थप कार्यक्रम तय गरेको छ ।

आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको जनाइएको छ ।त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ ।