चोलेन्द्रमाथिको छानविन प्रतिवेदन भदौ मसान्तभित्रै बुझाउने तयारी

चोलेन्द्रमाथिको छानविन प्रतिवेदन भदौ मसान्तभित्रै बुझाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथिको छानविन प्रतिवेदन भदौ मसान्तमा बुझाउने भएको छ । समितिले राणालाई महाअभियोग लाग्ने कि नलाग्ने भन्ने विषयमा गरिएको छानविन प्रतिवेदन भदौ मसान्त भित्रै प्रतिनिधि सभामा पेश गर्ने भएको हो ।

समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन बुझाउने गरि तयारी भइरहेको जानकारीदिए । ‘हामीले बयानसँगसगै प्रतिवेदनको तयारी पनि गरिरहेका छौं । यहि भदौ मसान्तभित्र संसदमा बुझाउँछौं,’ उनले भने ।

राणासँग आज पनि समितिले बयान लिएको थियो। समितिले अहिलेसम्म राणालाई ३५ वटा प्रश्न सोधेको छ । राणा विरुद्ध समितिले लागेका आरोपहरुबाट झण्डै ४२ वटा प्रश्न तयार पारेको थियो । समितिले आगामी मंगलबार १ बजे पुन बयानका लागि राणालाई बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।