प्रधानन्यायाधीशले गठन गरे आफूबाहेकका १० इजलास

प्रधानन्यायाधीशले गठन गरे आफूबाहेकका १० इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणाकाबीच जबराले मुद्दा सुनुवाइका लागि आफू बाहेकको इजलास गठन गरेका हुन् ।

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् । तर, जबराले भने १० वटा इजलास गठन गरेर १३९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।