प्रधानन्यायाधीशविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

प्रधानन्यायाधीशविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दैछ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । दुई साताभन्दा लामो समयदेखि जबराको राजीनामा मादै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो ।

मंगलबार बारको बैठक बसेर थप रणनीति बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । न्यायालयको विकृतिको संरक्षण जबराले गरेको भन्दै उनले जबराले राजीनामा दिनुपर्ने अडानलाई बारले निरन्तरता दिने बताए ।

आन्दोलनका थप रणनीति बनाउने विषयमा आन्दोलित १९ जना न्यायाधीशसँग सोमबारबाटै छलफल सुरू भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।