प्रधानन्यायाधीशले तोके १० वटा इजलास, आन्दोलनरत न्यायाधीश नियमित इजलासमा फर्किने

प्रधानन्यायाधीशले तोके १० वटा इजलास, आन्दोलनरत न्यायाधीश नियमित इजलासमा फर्किने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजलास तोकेका छन् । शुक्रबार जबराले ९ वटा संयुक्त इजलास र एउटा एकल इजलास तोकेका हुन् ।

जबराको राजीनामा माग गर्दै आन्दोलन छोडेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि नियमित इजलासमा फर्किने भएका छन् । आन्दोलन थालेको २४ दिनपछि नियमित मुद्दा हेर्ने गरी उनीहरू इजलास फर्किने भएका हुन् ।

बिहीबार सर्वोच्च अदालतमा पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित भएको थियो । प्रधानन्यायाधीश जबराले बोलाएको फुल कोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको थियो ।